जनता टाइम्स

१ मंसिर २०८२, सोमबार ०९:०५

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत


काठमाडौं, १ मंसिर । प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।यस्तै बैठकले स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप निर्वाचन प्रयोजनार्थ नेपाली सेनाको परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्समक्ष सिफारिस गर्न रक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ । गृह मन्त्रालयले चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्न मङ्सिर ९ गतेदेखि शुरू हुनेगरी लुम्बिनी प्रदेशबाट आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।प्रवक्ता काफ्लेका अनुसार चुनाव अवधिभर हिंसा भड्काउने, नागरिलाई आतङ्कित बनाउने गतिविधिहरुलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी छ ।