जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १०:२७

युवा संघको ‘युवा जागरण अभियान’ घोषणा हुँदै, केपी ओलीले शुभारम्भ गर्ने 


काठमाडौँ, मंसिर १ । राष्ट्रिय युवा संघ नेपाल वाग्मतीको ‘युवा जागरण अभियान’ आज काठमाडौँमा घोषणा हुने भएको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने उक्त कार्यक्रम युवासम्बन्धी नीतिगत अभिमुखीकरण, नेतृत्व विकास र समाज परिवर्तनमा युवाको भूमिकाबारे केन्द्रित रहने आयोजकले जनाएको छ।

अभियानमा विभिन्न क्षेत्रका युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा एमाले निकट संगठनका प्रतिनिधिहरूले सहभागिता रहने छ ।  कार्यक्रमलाई अध्यक्ष ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।