जनता टाइम्स

१ मंसिर २०८२, सोमबार २०:२४

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन:महासचिव पोखरेल


काठमाडौं, मंसिर १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताउनुभएको छ।

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको दावी गर्नुभएको हो। तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने उहाँको भनाइ छ।

वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको उहाँको तर्क थियो।निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने बताउदै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।अन्य राजनीतिक दलहरूले पनि जेनजी पुस्ता रिसाउलान् भनेर चुनाव–चुनाव भनिरहेको उहाँको भनाइ छ।नेपाल प्रहरीको मनोबल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने उहाँको जिकिर थियो।

महासचिव पोखरेलले प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको बताउनुभयो।