काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको छ। यसअघि पनि बैठकको मिति सारिएको अवस्थामा बैठक पुनः केही दिन पछाडि सारिएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार अब बैठक मंसिर ६ गते, शनिबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बोलाइएको छ ।
सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा ७ वटै प्रदेश सभापतिहरूलाई तोकिएको मितिमा उपस्थित रहन अनुरोध गरिएको छ।
यसअघि तोकिएको बैठकलाई आज बस्ने गरी सारिएको थियो। नेतृत्व तहमा तयारीको अभाव र पार्टीको महाधिवेशन विशेष वा नियमित गर्ने भन्ने एजेण्डामा नेतृत्व तहमा नै विवाद हुँदा बैठक सर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्