जनता टाइम्स

४ मंसिर २०८२, बिहीबार १९:३९

सरकारको रवैया र जेनजीको नाममा भइरहेको वितण्डाका विरुद्ध अनेरास्ववियु मसाल बोकेर सडकमा


काठमाडौ‌ं, मंसिर ४ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको रवैया र जेनजीका नाममा ठाउँ ठाउँमा भइरहेको वितण्डाको विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मसाल बोकेर सडकमा उत्रिएको छ ।

अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको बानेश्वरमा मसाल सहितको जुलुस र कोण सभा गरेको छ । अनेरास्ववियुले मिनभवन क्याम्पस अगाडि मसाल जुलुस गरेको थियो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष दीपक धामीले देश र व्यवस्था माथि प्रहार गर्न खोजिएकोले सडकमा आउनु परेको बताउनुभयो । अहिले दलीय व्यवस्था माथि नै प्रहार हुने गरी पूर्वनिर्धारित कार्यक्रमहरू समेत प्रभावित पार्ने काम भएकोले त्यसका विरुद्ध अब अनेरास्ववियु सडकमा आएको धामीले बताउनुभयो । ‘हामीलाई यो देशको माया छ, यो भूमिको माया छ, यहाँको सम्पदाको माया छ, तिमीहरू जस्ता कठपुतली होइनौ’, उहाँले भन्नुभयो ।

उहाँले सार्वजनिक सम्पदा र व्यक्तिका घरहरू जलाउनेहरूको रेकर्ड आफूहरूसँग पनि भएको बताउँदै उनीहरूको घर खाँज्दै आउनु नपरोस् भन्ने चेतावनी दिनुभयो । आफूहरू देश र व्यवस्थाको लागि रगत बगाउन तयार रहेको धामीले बताउनुभयो ।