जनता टाइम्स

४ मंसिर २०८२, बिहीबार २१:२६

पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने एमालेको निर्णय


काठमाडौं, मंसिर ४ ।  नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

“घर फर्क अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट आबद्ध हुनुभएकामध्ये तत् कमिटीका केन्द्रीय समितिमा जो अहिले यता आउनुभएको छ । उहाँहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ,” उहाँले भन्नुभयो ।

केही समयअघि मात्रै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू एमालेमा फर्किनुभएको छ । एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।