जनता टाइम्स

१४ मंसिर २०८२, आईतवार १३:२८

चुनावमा भाग लिन दल दर्ताका लागि आज अन्तिम दिन : अहिलेसम्म १०८ वटा दल दर्ता


काठमाडौं , १४  मंसिर ।  निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप चार दिन थप गरेको थियो । थपिएको अवधि आज अन्तिम हो । त्यसअनुसार अस्ति शुक्रबारसम्म चुनावमा भाग लिन आयोगमा दर्ता भएका दलहरुको सङ्ख्या १ सय ८ वटा पुगेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको सङ्ख्या कांग्रेस, एमालेसहित १ सय ८ वटा पुगेको छ । आज पनि केही दल थपिन सक्ने अनुमान छ । दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।