जनता टाइम्स

८ पुष २०८२, मंगलवार १६:४४

तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल


काठमाडौ‌ं,  पुस ८  । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्नु भएकाे छ।

छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुन्छ।

जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो । उहाँहरूबीच अहिले शीतलनिवासमा छलफल चलिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ ।