काठमाडौं, कात्तिक ५ । । साउदी अरबको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम आज तकका अनुसार आक्रमणबाट विमानस्थलको भौतिक संरचनामा समेत क्षति पुगेको छ।
घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थलमा अवतरण गर्ने र उडान भर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई अन्य सुरक्षित स्थानतर्फ डाइभर्ट गरिएको जनाइएको छ।
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। घटनालगत्तै सुरक्षा निकायले अनुसन्धान सुरु गरेका छन् भने विमानस्थलको अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।
आक्रमण कसले र किन गराएको हो भन्नेबारे भने समाचारमा खुलाइएको छैन।














प्रतिक्रिया दिनुहोस्