जनता टाइम्स

१० पुष २०८२, बिहीबार १३:५५

हामीमाथि त्यत्रो टार्गेट हुँदा सरकारले सुरक्षा खोस्यो – अध्यक्ष ओली


काठमाडौं, पुस  १० ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाउनुभएको छ ।

बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षओलीले सुरक्षा थ्रेट हुँदा सुरक्षा खोसिएको भन्दै सरकारको विरोध गर्नुभएको हो ।‘त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो । चरम अवस्था थियो– ‍‍‍त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले । घरबाट बाहिर ननिस्क भन्या त हो नि,’उहाँले भन्नुभयो ।