काठमाडौं, पुस १० । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त हुनुभएको छ ।
बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले अग्रवाललाई अध्यक्षमा सर्वसम्मत रुपमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याउनु भएको सो बैंकको भनाइ छ । बैंकले बिज्ञप्तिमार्फत अग्रवालको नेतृत्वमा बैंकले थप उचाइ प्राप्त गर्ने बिश्वास ब्यक्त गरेको छ ।













प्रतिक्रिया दिनुहोस्