जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार ११:३४

कँरातेमा नेपालको दबदबा जारी, नविनले पनि जिते स्वर्ण


काठमाडौं, मंसिर १७

१३ औं साग अन्तर्गत करातेको ६७ केजी कुमुतेमा नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन् । करातेमा नेपालको यो आठौं स्वर्ण पदक हो । रसाइलीले फाइनलमा पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल हुनु भयो ।

मंगलबार बिहान सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको खेलमा उहाले बंगलादेशी खेलाडी मोहम्मद थेरदुसलाई ८–२ ले पराजित गरेका गर्नुभएको थियो । कराँतेको ११ स्पर्धामा नेपालको ८ औं स्वर्ण हो । नेपालको यो १९ औं स्वर्ण पदक हो ।