जनता टाइम्स

१० फाल्गुन २०८२, आईतवार १४:२८

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु


काठमाडौं, फागुन  १० । काठमाडौंको पेप्सीकोला छाप्रो चोक नजिकै बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेल हुनुहुन्छ ।

जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसबाट शनिबार दिउँसो उहाँ खस्नुभएको थियो । उहाँको अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।