जनता टाइम्स

११ फाल्गुन २०८२, सोमबार १०:२८

दमकमा भोलेन्टियर फोर्सको प्रदेश भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्दै


काठमाडौं,  फागुन ११।  नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)को कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा सोमबार हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही भेलालाई सम्बोधन गर्ने र प्रदेशका विभिन्न जिल्लाका फोर्सका कार्यकर्ता समेत सहभागी हुने फोर्सका कोशी प्रदेश आयोजकले जनाएको हो । करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको दावी गरिएको छ।झापा-५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । दमक ७ स्थित पशु हाटमा हुने सोही सभा सोमबार दिउँसो ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको हो। सोही सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नुहुने भएको छ।