रामेछाप, फागुन २२ । रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुगेका छन् । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आज बिहानसम्म सबै मतपेटिका संकलन भएका हुन्।
जिल्लाका सबै ९६ मतदानस्थ अन्तर्गत २ सय ३० मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थली ल्याइपुर्याइएकाे छ । मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।
कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रेहेका रामेछापमा कूल ९० हजार ७ सय १० मत खसेकाे छ । याे कुल मतकाे ४८ प्रतिशत हाे ।
मतपेटिका संकल भएसँगै बिहान ९ बजे सर्वदलीय बैठक बाेलाइएकाे छ । सर्वदलिय बैठक सकिए पछि मतगणना सुरु हुने छ ।
मतगणनाकाे लागि मालपाेत कार्यालयमा मतगणनास्थल तयार गरिएकाे छ । यसलाई हेडलाइन राखेर समाचार बनाउने













प्रतिक्रिया दिनुहोस्