जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार ०९:२१

भावी प्रधानसेनापति प्रभुराम शर्माले पनि गरे सम्पत्ति बिवरण सार्वजनिक, कत्ति छ शर्माको सम्पत्ति ?


काठमाडौं, मंसिर २६ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पति विवरण सार्वजनिक गरेपछि भावी सेनापतिका लाइनमा रहनुभएका उपरथी प्रभुराम शर्माले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । सेनामा आर्थिक पारदर्सिता अपनाउन सेनापति थापाले सम्पत्ति बिवरण सार्वजनिक गर्नुभएको थियो । उहाँको उत्तराधिकारीका रुपमा रहनुभएका उपरथी शर्माले पनि आफ्नो सम्पत्ति बिवरण सार्वजनिक गर्नुभएको हो ।

हाल सम्भाररथी विभागको प्रमुख रहनुभएका उपरथी शर्मा प्रधानसेनापति थापाका उत्तराधिकारी हुनुहुन्छ । यसअघि सेनाको अपरेशन विभाग प्रमुख समेत रहिसक्नुभएका शर्माले बुझाएको सम्पत्ति विवरणअनुसार काठमाडौंको नागार्जुनमा ६ आनामा साढे दुईतले घर रहेको छ भने करिब २० रोपनी जग्गा छ।

काठमाडौंका रैथाने शर्माले साढे १३ तोला सुन, विभिन्न बैकमा १९ लाख रुपैयां र ४७ हजार अमेरिकी डलर रहेको सम्पती विवरणमा उल्लेख गर्नुभएको छ । प्रधानसेनापति थापाले आर्थिक पारदर्शिताका लागि भन्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि सेनामा अन्य उच्च अधिकारीले पनि सम्पति विवरण सार्वजनिक गरेका हुन् । सेनामा पहिलो पटक थापाकै पालामा सम्पत्ति बिवरण सार्वजनिक भएको हो ।