काठमाडौं, ९ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगीकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज० सामु लोकप्रियतावाद, अराजकतावाद र अवशरवादको चुनौती केही समयका पाहुना भएको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा संस्थापकहरूको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन् ‘कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्ने संकल्प गरौँ।’
mबजबबिहmष् द्यबलप
पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठलगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन्।
आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पार्टी ७७औँ स्थापना दिवसमा उपत्यकाकामा रहेका नेता कार्यकर्तालाई सहभागी हुन् र काठमाडौं बाहिर सम्बन्धित कमिटीले आयोजना गरेका कार्यक्रममा सहभागी हुन उनको आग्रह छ।













प्रतिक्रिया दिनुहोस्