काठमाडौँ, ९ बैशाख । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उहाँले राजीनामा बुझाउनुभएको हो । ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भन्नुभयो । विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी देखिएपछि नैतिकताका आधारमा गुरुङले राजीनामा दिनुभएको हो ।
राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ













प्रतिक्रिया दिनुहोस्