काठमाडौं, बैशाख ११ । सरकारले सुकुम्वासी बस्ती खाली गर्ने माइकिङपछि उपत्यका लगायत देशभर आतंक छाएको छ ।
चुपचाप घन्टी छापको नारा दिएर चुनाव जितेपछि रास्वपा बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिकाश गर्न होइन, सुशासन कायम गर्न र देशभरका अतिक्रमित संरचना हटाउनका लागि सत्तामा आएको बताएर सुकुम्वासी बस्तीमा डोजर चलाउन निर्देशन दिइसक्नुभएको छ । प्रधानमन्त्री बालेनको यो निर्देशनपछि बिहीवार प्रहरीले काठमाडौंका चार वटा बस्तीमा आजसम्म बस्ती छाडेर जान प्रहरीले माइकिङ गरेको छ ।
यता सुकुम्बासीहरूले आफूहरु बस्दै आएको बस्ती जबर्जस्ती उठाउन खोजिए कडा प्रतिरोध गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री साहले काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएको चर्चासँगै राष्ट्रिय सुकुम्बासी मोर्चाको बैठकले यस्तो निर्णय लिएको हो ।
शंखमुलस्थित कार्यालयमा दिउँसो बसेको बैठकले प्रतिरक्षाका लागि जुनसुकै हदमा उत्रिन तयारी अवस्थामा रहने निर्णय गरेको मोर्चाका उपाध्यक्ष पवन गुरुङले जानकारी दिनुभयो । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनु भएका प्रधानमन्त्री बालेनले सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा निकायलाई बुधवार निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि बिहीवार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रिसर काठमाडौंले थापाथली, संखमुलसहित चार सुकुम्वासी बस्ती खाली गर्न माइकिङ गरेको छ ।













प्रतिक्रिया दिनुहोस्