जनता टाइम्स

१६ बैशाख २०८३, बुधबार ०७:२५

बीपी राजमार्ग फेरि अवरुद्ध


काठमाडौं, वैशाख १६ ।  बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ । हिजो काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले गए रातिदेखि बीपी राजमार्ग अवरुद्ध भएको हो ।तीन दिनपछि अस्ति सोमबारदेखि खुलेको राजमार्गमा हिजो ठूलो पानी परेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि गाडी आवतजावतमा पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।मौसममा सुधार आई सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो सञ्चालन भएको जानकारी गराउने पनि काभ्रे प्रहरीले जनाएको छ ।