जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार १४:१८

त्रिविका उपकुलपतिसहित तीन पदाधिकारीले दिए सामूहिक राजीनामा


काठमाडौं, वैशाख १७। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनजना उच्च पदाधिकारीले सामूहिक राजीनामा दिनुभएको छ।

आज उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले पदबाट राजीनामा दिनुभएको हो।

सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति हटाउने तयारी गरिरहेकै बेला उहाँहरूले राजीनामा दिनुभएकाे हाे।

अर्याल २०८२ असार २५ गते उपकुलपति पदमा नियुक्त हुनुभएको थियो। उहाँलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएको थियो।

त्यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैत ३० गते नियुक्त हुनुभएको थियो। उहाँहरूलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गर्नुभएको थियो।