काठमाडौं, वैशाख १८ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारणसम्बन्धी कानुनी व्यवस्था थप परिमार्जन गर्दै तेस्रो संशोधन अध्यादेश जारी गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी भएको हो ।
राष्ट्रपतिबाट जारी ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ ले विद्यमान कानुनमा आवश्यक संशोधन गर्दै नियामक निकायहरूको कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताइएको छ। राष्ट्रपतिका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश प्रमाणीकरण गरी जारी गरिएको हो।
सरकारले हालै सिफारिस गरेका आठ अध्यादेशमध्ये यो तेस्रो अध्यादेशका रूपमा राष्ट्रपतिबाट जारी भएको हो। अन्य ५ वटा अध्यादेश भने जारी हुन बाँकी छ । सरकारले संसद् अधिवेशन रोकेर लगातार राष्ट्रपतिकाेमा अध्यादेश पठाइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्