जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १६:१०

यस्तो छ नेकपा अध्यक्ष प्रचण्डबाट स्थायी कमिटीमा प्रस्तुत १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन


काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आजबाट सुरु भएको स्थायी कमिटीको चौथो बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वय (केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड) को तर्फबाट प्रस्तुत प्रतिवेदन पेश गर्नुभएको हो । १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा सात वटा उपशीर्षक रहेका छन । नेकपाका प्रवक्ता तथा प्रचार बिभाग प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार ती शीर्षकहरुमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारको सामान्य समीक्षा, उपचुनावको समीक्षा र आगामी कार्ययोजनासँग सम्बन्धित कार्यक्रमहरु रहेका छन ।

प्रतिवेदनले बिगतको सामान्य समिक्षासहित आगामी कार्ययोजनालाई प्राथमिकता दिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनबारे संक्षिप्त समीक्षासमेत गर्नुभएको छ । राजनीतिक प्रतिवेदनमाथि भोलिबाट छलफल सुरु हुनेछ । प्रतिवेदन अध्ययनका लागि सोमवार ११ बजेसम्म बैठक स्थगित भएको छ ।