जनता टाइम्स

२ असार २०८३, मंगलवार ००:११

विश्वकपमा नवप्रवेशी राष्ट्र केप भेर्डेले रोक्यो स्पेन, गोलरहित बराबरी


काठमाडौं, असार २ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा सोमबार राति उपाधि दावेदार स्पेनलाई नवप्रवेशी केप भेर्डेले गोलरहित बराबरीमा रोक्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

मेक्सिकोमा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै बलमाथि पूर्ण नियन्त्रण कायम गरे पनि गोल गर्न सकेन । खेलभर ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको स्पेनले २३ प्रहार गर्दा आठ प्रहार लक्ष्यतर्फ गरेका थिए । तर केप भेर्डेका रक्षापंक्ति र गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई गोलविहीन बनाए ।

पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले रक्षात्मक रणनीति अपनाउँदै महत्वपूर्ण एक अफ बटुल्यो । उसले खेलमा केवल २६ प्रतिशत नियन्त्रण राखे पनि स्पेनको आक्रमणलाई सफलतापूर्वक रोक्न सफल भयो।

 

खेलमा स्पेनले १० फाउल गर्दा केप भेर्डेले एक फाउल मात्र गरेको थियो । दुवै टोलीका एक-एक खेलाडीले पहेँलो कार्ड पाए ।

बराबरीसँगै दुवै टोलीले समूह चरणको पहिलो खेलबाट एक-एक अंक जोडेका छन् ।