जनता टाइम्स

४ असार २०८३, बिहीबार १४:५४

धमाधम अभियोग फिर्ता भइरहँदा रवि लामिछाने फेरि अदालत पुगे


काठमाडौं, असार ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालत पुग्नुभएको छ ।

सभापति लामिछानेको सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो उनी अदालत पुग्नुभएको हो । ‘रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार तारिखका लागि रवि आज काठमाडौं जिल्ला अदालत जानुभएको सचिवालयले जनाएको छ ।

सभापति लामिछानेमाथि सहकारी बचत रकम अपचलनसम्बन्धी मुद्दा रहेको छ। संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्धा भने रास्वपाको सरकार बनेसँधै अदालतले धमाधम फिर्ता लिन अनुमति दिएको छ ।