जनता टाइम्स

४ असार २०८३, बिहीबार १९:५५

भिजिट भिसामा ओमान जान लागेका २७ महिला त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा


काठमाडौं, असार ४।  भिजिट भिसामा खाडी मुलुक ओमान जान लागेका २७ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

बुधबार राति विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का का अनुसार फ्लाई दुबईका फरक–फरक उडानमार्फत उनीहरू ओमान जान लागेका थिए।

प्रहरीका अनुसार उनीहरूसँग ओमानको भिसा, हवाई टिकट र होटल बुकिङका कागजात भए पनि सोही पासपोर्टमा कुवेतको भिसासमेत भेटिएपछि शंका लागेपछि नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा उनीहरूको यात्रा योजना ओमानको राजधानी मस्कट हुँदै कुवेततर्फ जाने देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त प्रकरणमा संलग्न हुन सक्ने मानव तस्करी गिरोहबारे विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ।