काठमाडौं, असार ५ । पर्सिबाट चितनवमा सुरु हुन लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मात्रै सम्बोधन गर्ने हुनुभएको छ ।
महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । रास्वपाले महाधिवेशनको उदघाटन शत्रमा अतिथीलाई शुभकामनासहित दुई शीर्ष नेताको मात्र सम्बोधन तय गरेको हो । भरतपुरको गेस्ट हाउस चौरमा हुने महाधिवेशन उद्घाटन समारोहका लागि अन्तिम तयारी भइरहेको रास्वपाले जनाएको छ ।
महाधिवेशनको उदघाटनअघि भोलि ६ गते शनिबार साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमै राखिएको छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने तयारीमा रास्वपा भए पनि महाधिवेशनको अन्तिम कार्यतालिका आइसकेको छैन ।













प्रतिक्रिया दिनुहोस्