जनता टाइम्स

८ असार २०८३, सोमबार ११:५६

राष्ट्रिय युवा संघ नेपाल चितवनको अध्यक्षमा उत्तम सेढाइ निर्वाचित


चितवन, असार ८ । राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको ११औँ जिल्ला अधिवेशन संगठनका अध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ जिल्ला नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट उत्तम सेढाइ अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा राम कार्की, सचिवमा सन्देश पन्त, सहसचिवमा सुदीप अधिकारी र निरन गुरुङ, तथा कोषाध्यक्षमा सुजिता दवाडी निर्वाचित हुनुभएको छ।

अधिवेशनमा बोल्ने वक्ताहरूले नवनिर्वाचित नेतृत्वले चितवनमा युवा आन्दोलनलाई थप सशक्त बनाउनुका साथै नेकपा (एमाले)को संगठन विस्तार र राजनीतिक विरासतलाई सुदृढ बनाउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित पदाधिकारीहरूले संगठनलाई अझ गतिशील, सुदृढ र युवामुखी बनाउँदै जिल्लामा युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।