चितवन, असार १२ । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी छनोटको लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा ५ पदाधिकारीका लागि मतदान भइरहेको हो। केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर बिजयी हुनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले खुल्लातर्फको उपसभापतिमा सर्वसम्मत निर्वाचित भइसक्नुभएको छ ।
रास्वपाको उपसभापतिको महिलातर्फ सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै एक महामन्त्रीका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा उत्रनुभएको छ ।
सहमहामन्त्री पुरुषतर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा उत्रनुभएको छ । सहमहामन्त्री महिलातर्फ निशा डाँगी र रिमा विश्वकर्मा, जुली यादव विदुषी शर्मा र कामिनी कुमारी चौधरीले उम्मेदवारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्