रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)
काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो । त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार हुनुहुन्थ्यो। त्यसैगरी पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित हुनुभको छ। यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । ।
प्रतिक्रिया दिनुहोस्