काठमाडौं, असार १२ । सत्तारुढ रास्वपाको ९९ सय सदस्यीय केन्द्रीय समितिमा दोलखाका चार नेता परेका छन ।
कानूनमन्त्रीसमेत रहनुभएका दोलखाकी सोबिता गौतम महिलातर्फ उपसभापति निर्वाचित हुँदा अन्य तीन जना केन्द्रीय सदस्यमा चुनिनुभएको छ । चितवनमा आज सम्पन्न महाधिवेशनमा गौतम केन्द्रीय सदस्यमा दोस्रो मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उपसभापतिमा तोसिमा कार्कीलाई हराउँदै निर्वाचित हुनुभयो ।
हाल चितवन ३ बाट निर्वाचित सोविता दोलखाका स्थायी बासिन्दा हुनुहुन्छ । यस्तै केन्द्रीय सदस्यमा पूर्वमन्त्री तथा पत्रकारसमेत रहनुभएका जगदीश खरेल र दोलखाकै सांसद जगदीश खरेल निर्वाचित हुनुभएको छ । यस्तै महिला नेतृ संगीता तामाङ पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित चारै जनाको नागरिकता दोलखाकै रहेको छ । बामपन्थीको गढ मानिने दोलखामा गत निर्वाचनमा ठूलो मतान्तरले जितेको रास्वपाले केन्द्रीय समितिमा पनि ठूलो संख्यामा समावेश गरेको हो ।













प्रतिक्रिया दिनुहोस्