काठमाडौं, असार १४ । प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उहाँको माइक काटिएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा ढिलाइ भएको विषय उठाउनुभएको थियो । सम्बोधनकै क्रममा उहाँले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि उहाँको माइक बन्द भएको हो। माइक काटिनु अगाडि खनालले लम्कीचुहा अस्पताललाई नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते स्वीकृति दिएको भए पनि प्रदेश सरकार र स्थानीयले काम नगरेको भन्दै आक्रोस व्यक्ति गर्नुभएको थियो ।
सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि केपी खनालको माइक काटियो













प्रतिक्रिया दिनुहोस्