काठमाडौं, असार १४ । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
एसएचए २२७ जहाज भैरहवामा अवतरण गरेको र अहिले यात्रुहरू विमानस्थलमै रहेको सो विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिनुभयो ।
साहका अनुसार कम्पनीले काठमाडौंबाट अर्को जहाज ल्याएर यात्रुलाई धनगढी लैजाने जानकारी गराएको छ । ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको उहाँले जानकारी दिनुभयो । साहले घटनाबारे थप जाँच भएपछि समस्याबारे स्पष्ट हुने बताउनु भएको छ ।












प्रतिक्रिया दिनुहोस्