जनता टाइम्स

१५ असार २०८३, सोमबार १८:२३

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, असार १५ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिशेष अदालतले सोमवार पौडेलमाथि अनुसन्धान गर्न थप तीन दिनको समय दिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा सम्पत्ति सुद्धिकरण बिभागले गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिनको म्याद थपिएको थियो । पौडेलबिरुद्ध बिभागले हालसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।