काठमाडौं, असार १६ । नेपाल प्रहरीले अबैध लागू औषधसहित १० जनालालई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार भक्तपुर, बारा, पर्सा, सिरहा, मोरङ, कास्की, कैलाली, बर्दियाबाट लागू औषधसहित कारोवारी समातिएका हुन ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारबाट अवैध लागूऔषध गाँजा ३ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीया बच्ची साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक शर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै बर्दियाको गुलरिया नगरपालिका ११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित मधुवन नगरपालिका-७ बस्ने २४ वर्षीय अजय सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुरको प्रहरी वृत्त जगाती समेतबाट खटिएको प्रहरीले काभ्रे बनेपा नगरपालिका ८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ७ सय ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-२ घर भएकी २३ वर्षीया ग्रीष्मा राई र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भएका २८ वर्षीय सहकुल बानिया रहेका छन् ।
सूर्यविनायक नगरपालिका-८ सिपाडोलबाट २३ वर्षीय राज थापालाई नियन्त्रित लागूऔषध ट्रामाडोल सहित आइतबार प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा थापाले उक्त लागूऔषध काभ्रे बनेपा नगरपालिका ८ बाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रहरीले ग्रीष्मा र सहकुललाई समेत पक्राउ गरेको हो ।
यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका ६ पिप्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय प्रदिप मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका९३ कालापानी घर भएका २९ वर्षीय बिशाल भुजेललाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३४ ट्याब्लेट र नगद १० हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम र नगद १५ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने तनहुँ ब्यास नगरपालिका-५ दमौली घर भएका ३८ वर्षीय कृष्ण बहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै पर्साको बिन्दावासिनी गाउँपालिका-४ अमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित बहुदरमाई नगरपालिका-८ बस्ने ५८ वर्षीय मनोहर सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सिराहा, धनगढिमाई नगरपालिका-३ कुर्वा टोल बस्ने ६५ वर्षीय जोगिन्द्र साहलाई अवैध लागूऔषध गाँजा १४ किलोग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त र कारोवारको बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्