काठमाडौं, असार १८ । नेकपा एमाले बागमतीले जनताको बीचमा पुग्न बिभिन्न योजनासहित आक्रामक अभियान अघि बढाएको छ ।
एमाले सचिव तथा इञ्चार्ज महेश बस्नेत र अध्यक्ष कैलाश ढुंगेलले लामो छलफलपछि बागमतीका १० वटै जिल्लामा जनतासँग टुटेको सम्बन्ध पुनस्थापित गर्दै पुरानै अवस्थामा पुग्ने गरी अघि बढने गरी काम अघि बढाएको हो ।
सोही योजनाअनुसार प्रदेश कमिटीअन्तर्गतका विभिन्न विभागका प्रमुख र सचिवहरूको बैठकमा बिशेष छलफल भएको छ । च्यासलस्थित प्रदेश कार्यालयमा जारी बैठकले जनतासँगको सम्बन्धलाई मध्यनजर राखेर छलफल अघि बढाएको छ ।

बैठकमा विभागीय कार्यक्षेत्र, पार्टीको नीति कार्यक्रम, संगठन विस्तार, प्रशिक्षण, प्रचार प्रसार, जनसम्पर्क, योजना कार्यान्वयन, अनुगमन र प्रतिवेदनबारे छलफल भइरहेको एमाले सचिव तथा इञ्चार्ज बस्नेतले बताउनु भएको छ ।
छ।













प्रतिक्रिया दिनुहोस्