काठमाडौं, १८ असार । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रियतामाथिको जोखिम बढ्दै गएको दावी गर्दै राष्ट्रिय हितका सवालमा सबै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच न्युनतम समझदारीसहितको एकता आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौँमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र गैरजिम्मेवार शासनका कारण राष्ट्रियता थप जोखिममा परेको उहाँको भनाइ छ। उहाँले नेपालको परराष्ट्र नीतिको आधार सन्तुलित वाह्य सम्बन्ध, असंलग्नता र कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सिद्धान्त हुनुपर्ने उल्लेख गर्दै ती आधारभूत मान्यताबाट विचलित हुने प्रयासले मुलुकको राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभयो । उहाँले संसदमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै कुनै नेताले नेपालले पनि अर्को देशको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवार व्यवहार भएको आरोप पनि लगाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्