जनता टाइम्स

१९ असार २०८३, शुक्रबार २०:२२

प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार ठगी


काठमाडौं, असार १९ । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम घर भई काठमाडौंको गल्कोपाखा बस्ने ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी तथा एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । एसपी क्षेत्रीका अनुसार बोहोराले प्रहरी सहायक निरीक्षक हुँ भन्दै प्रहरीको पोशाक लगाएको तस्बिर विभिन्न आश्वासन दिई इसेवा तथा मोबाइल बैंकिङमा पटक–पटक गरी १५ लाख ५० हजार राख्न लगाएकी थिइन् ।

पीडितको निवेदनका आधारमा उनलाई कार्यालयबाट खटिएको प्रहरीले असार १८ गते गोंगबुबाट पक्राउ गरेको क्षेत्रीले जानकारी दिनुभयो थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।