जनता टाइम्स

२० श्रावण २०८३, बुधबार ०८:१९

सिमलतालमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पूर्ण अवरुद्ध


चितवन, साउन २० ।  मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार बिहान करिब ७ बजे सिमलताल क्षेत्रमा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयका उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। तर पहिरो ठूलो भएकाले सडक खुलाउन केही समय लाग्ने जनाइएको छ।

प्रहरी र सम्बन्धित निकायले वैकल्पिक व्यवस्था नभएसम्म उक्त सडक प्रयोग नगर्न तथा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन यात्रु तथा सवारी चालकलाई आग्रह गरेका छन्।