जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार ०८:३६

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन


जनकपुरधाम, साउन २६। वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ।

बिमलको सोमबार राति पौने १ बजे निधन भएको हाे । परिवार स्राेतका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर कुराकानी गरिरहनुभएका बिमल अचानक बिरामी पर्नुभएको थियो। त्यसपछि उहाँलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो।

हाल उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ।

साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय डा. बिमलको निधनले नेपाली साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।