जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार २१:५१

बालेन–रविको हातमा सत्ता पुगेपछि भ्रमका पर्दा उघ्रिँदैछन् : शंकर पोखरेल


काठमाडौं, साउन २६ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेपछि भ्रमका पर्दा उघ्रिँदै गएको टिप्पणी गर्नुभएको छ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले बालेन शाह र रवि लामिछाने सत्तामा पुगेसँगै आम जनताले यथार्थ बुझ्ने आधार तयार भएको बताउनुभएको हो।

उहाँले यसलाई नकारात्मकताभित्रको सकारात्मक पक्षका रूपमा व्याख्या गर्नुभएको छ।

पोखरेलले विगतमा बालेन र रवि सत्ताको नेतृत्वमा नपुग्दासम्म राजनीतिक वृत्तमा विभिन्न भ्रम र सपनाको खेती तीव्र रहेको दाबी गर्नुभएको छ। तर उनीहरू स्वयं सत्ताको जिम्मेवारीमा पुगेपछि जनतामाझ ती भ्रमका पर्दा उघ्रिँदै जाने उहाँको भनाइ छ।

उहाँले लोकप्रियतावादको वास्तविक क्षमता परीक्षण गर्न सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने धारणा पनि राख्नुभएको छ।