स्याङ्जा, साउन २७ । स्याङ्जामा ७६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–४ का २१ वर्षीय रोशन विक रहेका छन्।
प्रहरीका अनुसार साउन २४ गते आफ्नै घरमा एक्लै बसिरहनुभएकी वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा विकलाई भोलिपल्टै पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिनुभएको छ।
स्याङ्जा जिल्ला अदालतबाट विकविरुद्ध सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्