काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले संसदीय अभ्यासलाई थप मर्यादित र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्ला राजनीतिक घटनाक्रमले समाजमा सकारात्मक सन्देश दिन नसकेको भन्दै राजनीतिक संस्कारमा सुधार आवश्यक रहेको बताउनुभयो।
सचेतक राईले फरक पुस्ताका फरक राजनीतिक चुनौती हुने उल्लेख गर्दै वर्तमान पुस्ताले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नुपर्ने बताउनुभयो। विगतका राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नु अहिलेको साझा लक्ष्य हुनुपर्ने उहाँको भनाइ छ।
राजनीतिलाई जनमुखी र परिणाममुखी बनाउन सबै पक्ष एक ठाउँमा उभिनुपर्ने बताउँदै उहाँले विगतका कमजोरीबाट पाठ सिकेर राजनीतिक मर्यादा कायम राख्न आग्रह गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्