जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०८:१५

अनुमतिबिना उपचार तथा औषधी बिक्री गरेको आरोपमा महिला पक्राउ


कञ्चनपुर, साउन २८ । कञ्चनपुरमा अनुमतिबिना बिरामीको उपचार तथा औषधी बिक्री गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

दोधारा चाँदनी नगरपालिका–१ खैराडी टोलकी ४० वर्षीया गीता सेठीलाई प्रहरीले औषधी तथा उपचारमा प्रयोग हुने उपकरणसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सेठीले लामो समयदेखि इजाजतबिना बिरामीको उपचार तथा औषधी बिक्री गर्दै आएको सूचनाका आधारमा मंगलबार उहाँको घरमा खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा करिब ९९ हजार ४८५ रुपैयाँ बराबरका औषधी तथा उपचारमा प्रयोग हुने उपकरण बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

सेठीलाई कानुनबमोजिम पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।