जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०८:३६

राष्ट्रियसभा बैठक बस्दै, आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकमाथि छलफल हुने


काठमाडौं, साउन २८ संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।