जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ११:२३

चीनतर्फ पहिरो खस्दा भोटेकोशी नदीको बहाव आधा थुनियो


सिन्धुपाल्चोक, साउन २८ चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ ।

भोटेकोशी गाउँपालिका–२ लिपिङपारि चीनतर्फ ढुङ्गामाटोसहितको पहिरो खसेपछि चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा थुनिएको गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले जानकारी दिनुभयो ।

नदीको बहाव थुनिएकाले जुनसुकै बेला विपद्जन्य घटना हुन सक्ने सम्भावना रहेको भन्दै उहाँले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

विशेषगरी भोटेकोशी, बाह्रबीसे र बलेफी क्षेत्रका नदी तटीय बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरेको छ ।