जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार १६:०४

एनआईएमबी बैंकले भन्यो : कार्यसम्पादनमा कुनै समस्या छैन, अपुष्ट सूचनाको भ्रममा नपरौं


काठमाडौं, साउन २८ । एनआईएमबी बैंकले अध्यक्ष, सञ्चालक तथा सीईओविरुद्ध मुद्दा दर्ता भए पनि बैंकको काम कारबाहीमा कुनै समस्या नभएको प्रष्ट पारेको छ ।

बैंकले बिहीवार विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ्ग मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत उपर मुद्दा दायर भएको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनआईएमबी बैंकले बिज्ञप्तिमा भनिएको छ । बैंकबिरुद्ध योजनावद्ध रुपमा चालिएको सो कदमले बैंक बिचलित नभएको पनि प्रष्ट पारिएको छ ।

‘यस घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहि संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ्ग प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौं,’ विज्ञप्तिमार्फत भनिएको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिनुहुन यसै विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौं । बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गर्दछौं । साथै, बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति बैंक हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछ ।’

बैंकले अपुष्ट सूचनाको आधारमा अनुमानित समाचार सम्प्रेषण नगर्न पनि पनि आग्रह गरेको छ । ‘बैंकको सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आाधार बनाउन अनुरोध गर्दछौं । साथै बैंकको समस्त निक्षेपकर्ता, ग्राहकबर्ष शेयरधनी महानुभावहरू तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सदभाव र बिश्वासप्रति बैंक हार्दिक आधार ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ बैंकले बिज्ञप्तिमा भनेको छ ।