काठमाडौं, साउन २८ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले बिहीवार पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माका अनुसार जिल्ला अदालतबाट तीन दिनको थुना म्याद दिएर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।
जनआस्थामा प्रकाशित समाचारको बिषयलाई लिएर प्रहरीले पत्रकार श्रेष्ठलाई बुधवार राती पक्राउ गरेको थियो ।
यता पत्रकार श्रेष्ठको निवासमा दोस्रो पटक छापा मार्न प्रहरी पुगेको छ ।
गएराती १ बजेदेखि लामो समय लगाएर सवै कोठामा छापा मारेर पत्रिकाको कार्यालयाट समेत कम्प्युटर उठाएको प्रहरीले बिहीवार श्रेष्ठलाई अदालतमा उपस्थित गराउँदा निवासमा छापा हान्न पुगेको हो ।
यसैबीच पत्रकार श्रेष्ठको परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको छ । सो रिटमा शुक्रवार सुनुवाई हुनेछ ।













प्रतिक्रिया दिनुहोस्