काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभएको छ ।
बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको बताउनुभयो ।
उहाँले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै पार्टीबाट बाहिरिएका पक्षलाई पुनः मूलधारमा ल्याउने प्रयास जारी रहने बताउनुभयो ।
कोइरालाले सानेपामा रहेको कांग्रेसको संस्थापन पक्षबाट अलग भएको समूहलाई लक्षित गर्दै उनीहरू पार्टीमा फर्किनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ कि छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’













प्रतिक्रिया दिनुहोस्