काठमाडौं, साउन २९ । त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।
चितवनको कालिखोला जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच, नुवाकोटको बेत्रावती जलमापन केन्द्रमा पनि त्रिशूली नदीको जलसतहले सतर्कता तह पार गरेको छ । तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्